तालचोकमा पाँचौ डायमण्ड रनिङशिल्ड शुरु
पाेखरा | असोज ३१, २०७९
पोखरा : कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा पाँचौ डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्देस्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताउनु भएको छ ।
कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व का विद्यार्थीहरुबिच बिभिन्न विधामा खेलकुद गरिदै आएको र यस वर्ष पनि सोहि कार्यलाई जारी राख्यको विद्यालयका खेलकुद शिक्षक विनोद थापाले जानकारी दिनुभएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्ग, वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदी, विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोका, व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने लगायतले खेलाडी विद्यार्थीलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिनुभएको थियो ।
खेलकुदको पहिलो दिन सिनियर तर्फ भलिबल तथा क्रिकेटका पहिलो चरणका खेल सम्पन्न भएका छन् । छात्र तर्फ भएको खेलमा व्यवस्थापन १२ ले होटल मेनेज्मेन्ट ११ लाई र पूर्व व्यवस्थापनले कक्षा १० लाई २–० को सोझो सेटमा हराएर दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् ।
छात्रा तर्फ भएको खेलमा कक्षा १० ले कक्षा ९ लाई र कक्षा १२ ले कक्षा ७ लाई २–० को सोझो सेटमा हराएर फाईनल चरणमा प्रवेश गर्न सफल भएका छन् ।
त्यस्तै क्रिकेट तर्फ कक्षा १० लाई २० रनले हराउदै पूर्व विज्ञान समुह अर्को चरणमा प्रवेश गरेको छ । उक्त खेलमा पूर्व विज्ञान समुहका संञ्चन श्रेष्ठ म्यान अफ दि म्याच हुन सफल भएका छन् । अर्काे खेलमा कक्षा ९ लाई व्यवस्थापन १२ ले ९ विकेट ले हराउदा सुसिल सुबेदी म्यान अफ दि म्याच हुन सफल भएका छन् ।
खेलकुदको पहिलो दिन कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरु विच बिभिन्न विधामा खेलकुद शुरु गरिएको छ । बेलुन फुटाउने, चम्चा दौड, खुल्ला दौड प्रतियोगिता लगाएका खेल भएको विद्यालयका संयोजक बिकाश लामिछानेले जानकारी दिनुभएको छ ।
खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबलटेनिस लगायतका खेल खेलाईने विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङ्गले जानकारी दिनुभएको छ । खेलकुद प्रतियोगिता यहि कार्तिक ४ गतेसम्म संचालन हुने बताईएको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

